तिमि एउटा कबिता
साहित्य
तिमी (कबिता)
तिमी झट्ट रिसाउँछौं थाहा छ,
तिम्रो रिसमा पनि त माया छ म बुझ्छु,
तर माया ले फुरुङ्ग पार्ने परिस्थिति नभएको
तिमी कैले बुझ्छेउ?
जिन्दगीको रथ हाक्छु भनेर मसँगै मैदान मा उत्रेकी तिमी
अब अरु जस्तो स्वतन्त्रता नखोज्नु,
तिमीमा जिम्वेवारी थपिएको छ,
म थपिएको छु अनि जिन्दगी थपिएको छ,
मसँग केही छैन भनेर हरेस नखानु ल,
एक भोक बिर्सेरपनि एक छाक ले दिन टारौला
खुसी त थप्दै जान मिल्ने कुरा न हो? थप्दै गरुला
परिस्थितिले टाढा बनाउला मन कत्ति नदुखाउनु
एउटै रथ का 2 पाङ्ग्रा पनि त वर पर छ,
बरु
तिम्रो रिस मा जलेर म खरानी बनुला
तिमि अगुल्टो ठोस्दै गर ल!
>>>-PR CHAPAGAIN